Ad #144479

कार्तिक २, नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २३२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ। पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ भने ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यस सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ३९ पुगेको छ।