कार्तिक २ ,काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ।
देशभर २९४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमितको कूल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। २४ घण्टामा २३२६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।
आज देशभर १२ संक्रमितको मृत्यु भएको छ। आज देशभर ३९३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।












