कात्तिक १, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ करिब पाँच बजेतिर एक व्यक्तिले चक्कुले शिक्षकलाई आक्रमण गर्दै शीर छेदन गरेको बीबीसीले जनाएको छ ।
प्रहरीले आक्रमणकारीलाई गिरफ्तार गर्न नसकेपछि गोली हान्नु परेको थियो । यो आक्रमणको अनुसन्धान आतंकरोधी टिमले गरिरहेको बीबीसीले जनाएको छ ।
फ्रान्सको सांसदहरुले मौनधारण गर्दै मृतक शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । फ्रान्सको संसदले यस आक्रमणलाई ‘बर्बर आतंकवादी हमला’ भनेको छ ।
[sidebar name="button post"]











