शैक्षिक गुणस्तर समान बनाउनुपर्ने : काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्य

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताउनुभएको छ । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाक्यले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहमा आएपछि विद्यालय सुधारका केही प्रयास शुरु गरिएको पनि बताउनुभयो ।

आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घााटन गर्नुभयो । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो । समारोहमा विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भन्नुभयो, “विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकास गर्र्ने काममा निरन्तर लागिरहेका छौँ ।”

विद्यालयले कोभिड नियन्त्रणमा उत्कृष्ट काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक केसीलाई विशेष सम्मान गरेको थियो । विद्यालयमा कक्षा १२ सम्म करिब एक हजार ३०० विद्यार्थी छन् ।

[sidebar name="button post"]