सहिद आदर्श क्याम्पसबाट भद्रबास हुँदै बिपी संग्रहालय सुन्दरीजल, गोकर्णेश्वर जोड्ने सडक तिब्र गतिमा निर्माण हुँदै

असोज २७ , काठमाण्डौ। काठमाण्डौ कागेश्वोरी नगरपालिका स्थित सहिद आदर्श क्याम्पसबाट भद्रबास हुँदै बिपी संग्रहालय सुन्दरीजल, गोकर्णेश्वर जोड्ने सडक तिब्र गतिमा निर्माण हुँदै छ। उपत्यका विकास प्राधिकरणको सहयोगमा करिब पाँच करोडको ठेक्कामा सडक निर्माणको काम भैरहेको कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राममणि पुडासैनीले जानकारी दिनुभयो।

सो सडक ढलान निर्माणमा १२५ मिटर आरसीजी गरी अत्याधुनिक प्रविधिको लागु गरी ढलान निर्माण काम भैरहेको छ। सडक ढलान निर्माणको कार्य आजबाट प्रारम्भ भएर पर्सि सम्ममा ढलान गरी सक्ने प्रक्रियामा रहेको पुडासैनीले बताउनुभयो।

यस संगसंगै यसै कागेश्वोरी मनोहरा वडा नम्बर ३ मा रहेको कागेश्वोरी चक्रपथ खण्ड अन्तर्गत साउने मूल आसपासमा ८० मिटर लम्बाई ढलान र ६ मिटर चौडाईको प्रदेश सरकार प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गतबाट कागेश्वोरी चक्रपथ खण्डको साउने मूलमा ढलानको कार्य सुभारम्भ भएको छ। यो ढलान निर्माणको कार्य भोलि सम्ममा सक्ने योजना रहेको अध्यक्ष राममणि पुडासैनीले बताउनुभयो।

यस सडक ढलान निर्माण मान्य प्रदेश विकास पूर्वाधार मन्त्रि रामेश्वोर फुयालको सहयोगमा सम्पन्न गर्ने पनि उहाँले कागेश्वोरी खबरलाई बताउनुभयो।

[sidebar name="button post"]