स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय सङ्क्रमित आइसोलेशनमा नबसेर बाहिर निस्किएको वा काममा समेत जाने गरेको सूचना आएको भन्दै त्यस्ता व्यक्तिलाई पक्राउ गरी सङ्क्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।
एक जना सङ्क्रमित बाहिर निस्कँदा अरु धेरैलाई सङ्क्रमणको जोखिम हुने भएकोले सङ्क्रमित व्यक्ति स्वयं सचेत हुनुपर्ने र व्यक्तिले लापर्वाही गरेमा परिवारका सदस्य तथा छिमेकीहरुले प्रहरीलाई खबर गर्नुपर्ने उहाँले बताउनुभयो ।
[sidebar name="button post"]









