नेपालमा काेराेना संक्रमित लाख नाघे

असोज २३, पछिल्लो २४ घण्टामा देशभर २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा काेराेना संक्रमितको संख्या लाख नाघेकाे छ । नेपालमा कुल संक्रमितकाे संख्या १ लाख ६ सय ७६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार २८९ जनाको पिसिआर परीक्षण गर्दा २०१७ जनालाई संक्रमण देखिएको जानकारी दिनुभयाे ।

२४ घण्टामा १६८० जना डिस्चार्ज भएका छन्। यो सँगै देशभर डिस्चार्ज हुनेको संख्या ७३ हजार ०२३ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]