आज १५५१ जनामा काेराेना संक्रमण पुष्टि

असोज २०, पछिल्लो २४ घण्टामा १५५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् । उहाँका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

[sidebar name="button post"]