आज शिक्षक दिवस मनाईँदैछ

आज विश्व शिक्षक दिवस । नेपालमा पनि मनाईँदैछ । शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आव्हानमा सन् १९९४ देखि हरेक वर्ष अक्टोबार ५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा शिक्षकहरुले आफ्नो हकअधिकारको पक्षमा आवाज उठाउँदै यो दिवस मनाउने गर्छन् । तर यो वर्ष कोरोना भाइरस संक्रमण जोखिम कार्यक्रम गरिएको छैन । कोरोना महामारीका कारण धेरैजसो स्कुल तथा कलेज खुल्न नसक्दा शिक्षकहरु समस्यामा परेका छन् ।

स्थायी बाहेकका अरु धेरै शिक्षकले अझै पनि न्यूनतम तलब पाउन नसकेको गुनासो छ ।

[sidebar name="button post"]