काठमाडौंमा बाघकाे छाला ३५ लाखमा किनेर ६० लाखमा बेच्ने पक्राउ

असोज १८, काठमाडौंमा प्रहरीले बाघको छाला सहित ४ जनालाई पक्राउ गरेकाे छ । स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

होटल प्लाजामा ६० लाखमा बेच्ने गरी ल्याएर राखिएको पाटे बाघको छाला सहित धादिङको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङ पक्राउ परेका प्रहरीले जनाएको छ ।

धादिङका स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले नगद ३५ लाख रुपैयाँमा छाला खरिद गरी ल्याएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयाे ।

[sidebar name="button post"]