बजारमा बिक्रीवितरण भैरहेका नौ प्रकारका ह्याण्ड स्यानीटाईजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाएको पाइएकाको छ । मापदण्ड विपरितका रसायन मिसाएका त्यस्ता स्यानीटाईजरको प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ ।
विक्रिवितरणका लागि राखिएका विभिन्न कम्पनीका हयाण्ड सेनिटाईजरको परीक्षणका क्रममा नौ प्रकारका सेनिटाइजरमा रसाइन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले आग्रह गरेको हो ।
ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेड लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाण्डौ, कालिका सप एण्डकेमिकल प्राइभेट लिमिटेड काठमाण्डौ लगायतले उत्पादन गरेका ह्याण्ड स्यानीटाईजरमा प्रयोग गर्न नमिल्ने रसायन मिसाइएको पाइएको हो












