८ असोज, काठमाडौं। लामो समय देखि सत्याग्रहमा रहनुभएका डाक्टर गोविन्द केसीको समर्थनमा वीरगञ्जका चिकित्सकले साङगेतिक विरोध गरेका छन् । उनीहरुले हातमा कालोपट्टी बाँधेर डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध गरेका छन् ।
डा. केसीले चिकित्सा क्षेत्र सुधारको लागि प्रजातान्त्रिक अधिकार प्रयोग गरि सरकार समक्षे आफ्नो जनपक्षिय माग राखेकोमा सरकारवाट उक्त काममा दमन गर्नु नागरिकको प्रजातान्त्रिक अधिकारको हनन् भएको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले जनाएको छ । डा। केसीको समाधान गर्न सकिने मागहरु प्रति सरकार लचक भएर जनपक्षिय मागहरु पुरा गर्न लाग्नुपर्नेमा शाखाको सरकार समक्ष अनुरोध रहेको थियो ।
भदौ २९ गतेदेखि १९ बुँदे माग सहितजुम्लामा डा. केसीले अनसन सुरु गन्नुभएको थियो। स्वास्थ्यमा खराबि देखिएपछि काठमाडौं राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको लागि लैजने क्रममा प्रहरीले उहामाथि अभद्र व्यवहार गरेको हो ।












