आज र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभरिकै मौसम एकैछिन खुले पनि फेरि पानी परिहाल्नेछ । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एकरदुई ठाउँमा निकै ठूलो पानी पर्ने तथा सबै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मानन्धरको पूर्वानुमान छ ।
पर्सि शनिबार बेलुकीदेखि बिस्तारै पानी पर्ने क्रम कम हुँदै जाने पनि उहाँले बताउनुभयो । यो वर्ष मनसुन सकिने बेलामा झन् सक्रिय भएको छ । सामान्यतयास् सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ ।












