Ad #144479

७ असोज,काठमाण्डौ । कतारमा वेरोजगार भएकाहरुले अव अर्को काम खोजेर गर्न पाउने भएका छन् । कोभिड १९ का कारण रोजगारी गुमाएकाहरुले अव पुनः रोजगारी पाउने भएका छन्।

कतार सरकारले ‘रि इम्प्लोइमेन्ट’ को नियम ल्याएपछि रोजगार गुमाएकाहरुले पुन रोजगारीको अवसरहरु खोज्न सक्ने भएका छन् । कतार सरकारले बाहिरबाट नयाँ श्रमिक ल्याउनु भन्दा पुनः रोजगारीमा वेरोजगारहरुलाई लगाउन विभिन्न पहलहरु गरिरहेको छ ।

कुनै पनि अनुमति विनानै श्रमिकले चाहेमा पहिलो रोजगार त्याग गरि अर्को काम परिवर्तन गर्न सक्नेछन् । तर आफूले काम छाड्दैछु भन्ने जानकारी भने दिनुपर्नेछ ।