कृषिमा क्षेत्र विकासका लागि नयाँ व्यवस्था आउँदैछ : मन्त्री भुसाल

७ असोज, काठमाडौं। सरकारले कृषि क्षेत्र विकासको लागि नयाँ व्यवस्था ल्याउन लागेको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले बताउनुभएको छ ।

झापाको बिर्तामोडमा बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाले कृषि क्षेत्रमा अहिले सयौं समस्याहरु रहेको कुरा स्वाविकार्दै त्यसलाई सुधार गर्ने उद्देश्यका साथ नयाँ व्यवस्था ल्याउन लागेको हो । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैंबाट शुसासनको कामको सुरुवात गरिने वताउनुभयो ।

[sidebar name="button post"]