डा. केसीको समर्थनमा युवाहरुको प्रदर्शन

७ असोज, काठमाडौँ । १९ औँ सत्याग्रहमा रहनुभएको डा. गोविन्द केसीको समर्थनमा युवाहरुले बुधबार शान्तिपूर्ण प्रदर्शन गरेका छन्। मेडिकल शिक्षा सुधार र स्वास्थ्य क्षेत्रमा सबैको समान पहुच हुनुपर्ने माग राखेर युवाहरुले पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।

डा. केसीका मागहरु पूरा गर्न सरकारलाई मागगर्दै युवाहरुले काठमाडौँको त्रिचन्द्र कलेज अगाडि समर्थन स्वरुप प्रदर्शन गरेका हुन्। डा. केसी सत्याग्रहमा बस्नुभएको बुधबार १० दिन भएको छ।

शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत डा. केसीले आफ्नो सत्याग्रह जुम्लाबाट सुरुवात गर्नुभएको थियो । सरकारी पक्षले उहाको मागको कुनै सुनुवाई गरेको छैन ।

[sidebar name="button post"]