उत्तरी सीमा अतिक्रमणमा सरकारको ध्यान जावस : सरिता गिरी

७ असोज, काठमाडौं । पूर्वमन्त्री तथा पूर्व जसपा नेत्री चीनले हुम्लामा अतिक्रमण गरेको नेपालि भुभागको विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । उहाले अन्य क्षिमेकीको साथ लिएर भएपनि उत्तरी सिमाना रक्षा गर्नुपर्ने उहाको भनाई छ ।

आज एक विज्ञप्ति जारी गर्दै गिरीले सरकार आफ्नो सिमानाको सुरक्षाको निम्ती अन्य देशको साथ लिएर भएपनि रक्षाको प्रत्याभुति दिलाउनुपर्ने उल्लेख गनुभयो । हुम्ला र गोरखाको रुई गाउँ लगाएत अन्य क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको गरिको दावि छ ।

गिरीले भारतसँगको लामो सिमा विवाद वार्ताको मार्फत समाधानको वाटो खोज्नुपर्ने उल्लेख गर्नुभएको छ । भारत सङग नेपालको इतिहासिक सम्वन्ध रहेकाले चाडै समश्या समाधानका वाटो खोज्न सरकारलाइ आग्रह गर्नुभयो ।

[sidebar name="button post"]