चिनियाँ दूतावास अगाडि युवाहरुको प्रदर्शन

७ असोज, काठमाडौं । चिनले हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन गरिएको छ । स्वातन्त्र युवाहरुको समूहले काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि मिचिएको भूमि फिर्ता गर्नुपर्ने, अतिक्रमण बन्द गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने लगाएतका राष्ट्रको पक्षलिएर प्रदर्शन गरेका छन् ।

चीनले हुम्लाको नाम्खा गाउँपालिका – ६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेकाले प्रदर्शनकारीहरुले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका थिएभने उनिहरुलाइं प्रहरीले दूतावासबाट तितरबितर पारेका थिए ।

[sidebar name="button post"]