उपत्यकामा ६४७ कोरोना संक्रमित थपिए

असोज ६, बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि भएको हो ।

यस्तै उपत्यका सहित देशभर भने १३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

[sidebar name="button post"]