दमौलीका तीन स्थानमा बन्दाबन्दी

एकैदिन १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्लागण्डकीका तीन स्थानमा लकडाउन गरिएको छ ।

नगरकार्यपालिकाको सोमबार बसेको बैठकले शुक्लागण्डकी –५ र १० का तीन स्थानमा आजदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरप्रवक्ता खिमबहादुर कुमालका अनुसार शुक्लागण्डकी–५ स्थित ज्ञानज्योती टोल र शान्तिटोलको सम्पूर्ण क्षेत्र, शुक्लागण्डकी–१० स्थित साखेबजारको सम्पूर्ण क्षेत्रमा एक साताका लागि हिँडडुल र व्यवसाय सञ्चालन गर्न बन्देज गरिएको छ ।

सोमबार शुक्लागण्डकी–५,६,८,१० र ११ का १७ जनामा कोरोना पुष्टि भएको थियो ।

[sidebar name="button post"]