शुरु एक हप्तादेखि बन्द रहेको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित खैरेनी स्वास्थ्य चौकीको सेवा आजबाट शुरु भएको छ ।
गत भदौ अन्तीम साता स्वास्थ्य चौकीमा परीक्षण पश्चात पोखरा रिफर गरिएकी एक महिलामा पोखरामा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३१ गतेदेखि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको थियो ।
ती महिलाको कन्ट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यचौकीका १४ कर्मचारीको सोमबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सम्पूर्ण सेवा सुचारु गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।
“रिपोर्ट नेगेटिभ आइसकेकाले स्वास्थ्यचौकी सङ्क्रमणरहित गर्ने काम गरिसकिएको छ,” उहाँले भन्नुभयो, “अब पूर्ववत् सेवा सञ्चालन हुनेछ ।”
[sidebar name="button post"]











