काठमाण्डौको कागेश्वरीमा सिँढी उद्धाटन कार्यक्रम सम्पन्न

कृष्ण वाग्ले र अनिता धिताल
५ असोज, काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं। १ मा जनताको रु। एक दानमा, दुई हजार सिँढी निर्माण अभियान तथा कागेश्वरी सिँढी उद्धाटन कार्यक्रम सम्पन्न भएको छ । अड्डापाटीमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा भौतिक पुर्वाधार मन्त्रि रामेश्वर फुयाल उपस्थित हुनुहुथ्यो ।

कागेश्वरीधाम सिँढी निर्माण जनताको सपना रहेको र सपना पूरा गर्ने जनताकै साझा काम रहेको मन्त्रि फुयालले बताउनुभयो । मन्त्रि फुयालका अनुसार कागेश्वरीधाम सिँढी निर्माणका लागि पहिलो सार्वजनिक समारोहमै एक लाख दश हजार छब्बिस रुपैयाँ उठेको छ । फुयाल भन्नुहुन्छ, यो युग युगसम्म रहने असल काम हो, अब यस कामलाई नागरिक अभियान बनाऔँ । कागेश्वरीधाम सिँढी निर्माणको कामलाई ग्रेट वाल अनि कृष्ण मन्दिरजस्तै गरि बनाऔँ।

सिँढी निर्माणका लागि बागमती प्रदेश सरकारले ५० लाख विनियोजन गरेको छ । अर्को आर्थिक वर्ष सम्ममा सम्पन्न हुनेगरी थालिएको कागेश्वरीधाम सिँढी निर्माण तीब्र गतिमा अघि बढाइएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं। १ का वडा अध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिनुभयो ।

[sidebar name="button post"]