बाँकेमा कोरोना संक्रमित थप एकको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका­२१ का पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वासप्रश्वासमा समस्या भएपछि भदौ २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ २१ गते सङ्क्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिदै गएपछि शनिबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको श्रेष्ठले बताउनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

[sidebar name="button post"]