Ad #144479

असाेज ३, मदन भण्डारी फाउन्डेसन काठमाडौं टोखा र धापासी गणेश युवा कल्वको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएकाे छ ।

संविधान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम गरिएको हाे । कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । त्यस्तै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले स्वास्थ्य उपकरण सहित एक हजार थान माक्स स्थानीय धापासी गणेश युवा कल्वलाई सहयोग प्रदान गर्नुभएको भन्दै काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य नारायण भाई श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य दीपक नीरौला प्रमुख अतिथि, नेकपा जिल्ला कमिटी सदस्य नारायण भाई श्रेष्ठ, टोखा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञान माया डंगोल, कार्यपालीका सदस्य एवं मदन भण्डारी फाउन्डेशन सचिवालय सदस्य कल्पना घिमिरे वडा नं ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ सहित वडा नं ४,५,६,७ का जनप्रतिनिधिको सकृय सहभागीता रहेको थियाे ।

टोखा नगर कमीटी सदस्य सहित मदन भण्डारी फाउन्डेशन टोखाका अध्यक्ष बेखा नारायण डंगोलको पहलमा कार्यक्रम गरिएको थियाे । अध्यक्ष डंगोलले रक्त दान गर्नुहुने तथा काठमाण्डौ जिल्ला कमिटी सचिवालय सदस्य नारायणभाई श्रेष्ठ सहित सारथी पाठशालालाई पनि धन्यवाद व्यक्त गर्नुभयो। प्रमुख अतिथि बाग्मती प्रदेश सभा सदस्य दीपक नीरौलाले संविधान दिवशको शुभकामना सहित मदन भण्डारी फाउन्डेशन टोखामा रक्तदान गर्नुहुने व्यक्ति र सहयोगी संघसंस्थालाई प्रशंसा पत्र वितरण गर्नुभयो।

काठमाण्डौ टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले कोभिडकाे महामारीमा देशमा रगत अभाव हुन नदिन गरेकाे कार्यक्रमप्रति आयोजक संघ संस्थालाई थप हौसला र सहयोग निरन्तर जारी रहने बताउनुभयो । उपमेयर ज्ञानमाया डंगोलले आफ्नो नगर बासीहरु लगायत सम्पुर्ण संघ संस्था र नागरीक समाजमा स्वास्थ्य सचेतना सहित रगत अभाव हुन नदिन गरेकाे कार्यक्रमकाे प्रशंसा गर्नुभयाे ।