असोज २ गते , काठमाण्डौ। नेपालमा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा एकै दिन दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४५८ वटा पीसीआर परीक्षणमा २०२० जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।












