असोज २ , काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर अहिलसम्मकै धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५७३ पुगेको छ।












