असोज १, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंका एक जनाको ज्यान गएको छ । काठमाडौंका ८७ वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
[sidebar name="button post"]









