१ असोज, काठमाडौं। कोशी अस्पताल विराटनगरको आइसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ६६ वर्षीय विराटनगर महानगरपालिका – ६ निवासि पुरुष रहेका छन् ।
ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति कोशी अस्पतालमा करिब ११ बजे भर्ना भएका उनको १२ बजे मृत्यु भएको थियो । मृत्यु पश्चात जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।
यो सँगै अहिले सम्म विराटनगरमा २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
[sidebar name="button post"]









