कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

३१ भदौ, काठमाडौं ।केहिदिन अघि कोरोना संक्रमण देखिनुभएको नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइराला अस्पतालमा भर्ना हुनभएको छ ।

ज्वरो बढेपछि मंगलबार साँझ होम आइसोलेसनमा रहदै आउनुभएको डा। कोइरालालाई चाबहिलस्थित ॐ हस्पिटलमा भर्ना गरिएको हो । डा। कोइरालाको उपचारमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ ।

पाँच वर्षअघि एस्पिरेशन न्युमोनिया भएको उहाको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

[sidebar name="button post"]