सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित पाँच बर्षमुनिका बालबालिकालाई आज राहत रकम वितरण गरेको छ ।
वडा नं. १ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गर्नुभएको हो । युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रति बालबालिकालाई रु पाँच हजारका दरले उक्त राहत रकम वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष सिंहले राहत रकम बालबालिकाको हितमा खर्च गर्न आग्रह गर्नुभयो । खाँडो खोलाको बाढीका कारण सो गाउँपालिकाको वडा नं. १ बेल्ही पटक–पटक प्रभावित बन्दै आएको छ । कोइलाडी र बर्साइनका बाढी प्रभावितलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम रहेको अधिकृत झाले बताउनुभयो ।
[sidebar name="button post"]









