लमजुङमा २४ दिनका नवजात शिशुले जिते कोरोना

लमजुङमा २४ दिनका शिशुले कोरोना जितेका छन् । आज २४ दिनका नवजात शिशु सहित १८ जनाले कोरोना जितेका हुन् । १८ जनामध्ये २४ दिनका नवजात शिशुले पनि कोरोना जितेका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवजात शिशुमा गएको भदौ १४ गते कोरोना सङक्रमण पुष्टि भएको थियो । शनिबार बेसीशहर नगरपालिकाका ९, क्वहोलासोँथर गाउँपालिकाका १, लमजुङमा कार्यरत ५, मस्र्याङ्दी गाउँपालिकाका १, र राइनास नगरपालिका ९ का एक पुरुष र २४ दिनका नवजात शिशु गरी जिल्लामा शनिबार १८ जनाले कोरोना जितेका सहायक प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनुभयो ।

यो संगै लमजुङमा कोरोना सङक्रमणबाट निको हुनेको संख्या १ सय ३९ पुगेको छ । जिल्लामा २ सय ८५ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय ३९ जना निको भएसंगै आइसोलेसनमा रहनेको संख्या १ सय ४६ रहेको छ ।

[sidebar name="button post"]