मकवानपुरमा हिजो कोरोना संक्रमण पुष्टि भएका मध्यमा धेरै जना जनपथ प्रहरी रहेका छन् । मकवानपुरमा कार्यरत ४७ जना प्रहरीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तरगत कार्यरत दुईजना प्रहरी निरिक्षक सहित ४७ जना प्रहरीमा एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो । मकवानपुरमा कोरोना संक्रमित जनपथ प्रहरीको सख्या एक सय १५ जना पुगेको छ ।
दिनहुँजसो प्रहरीमा कोरोना संक्रमण भएपनि आम नागरिकको सुरक्षामा कुनै पनि कमी हुन नदिएको उहाँले वताउनुभयो । हेटौंडामा हिजो कोरोना संक्रमण पुष्टि भएका ९५ जना मध्यमा ४७ जना जनपथ प्रहरीमा संक्रमण भएको उहाँले वताउनुभयो । ४७ जना प्रहरी मध्यमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत १२ जना र अरु दंगा प्रहरी गढमा कार्यरत ३५ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।
अत्यावस्यक काम परेर घरबाट फर्किएका, तालिम लिएर फर्किएका र थुनुवाबाट कोरोना फैलिएको एसपी राठोरले जानकारी दिनुभयो । यसअघि ६८ जना जनपथ प्रहरीमा कोरोना संक्रमण भएको छ ।











