सेरिन फुड सेन्टरले पहिलो चरणमा नै ८०० भन्दा माथि परिवारलाई राहत वितरण

कोरोनाको महामारीको कारण बढ्दो रोजगारी समस्या र त्यस्ले दैनिक गुजारा चलाउन समस्यामा परेका परिवारहरुको निमित्त सेरिनले २-३ दिनको लागि पुग्ने गरि खाद्य प्याकेज वितरण गरेको छ।

नुन, तेल, चामल, दाल सहितको खाद्य प्याकेज वितरण “हुनेले दिएर जाऔँ , नहुनेले लिएर जाऔँ !” भन्ने मुख्य उद्देश्य लिएर नेपालको लागि शिक्षा र अनुसन्धान केन्द्र (सेरिन) ले स्थानिय क्लवहरु नव रुद्रेश्वर युवा क्लव र भंगाल क्लवको सहकार्यमा बूढानीलकण्ठ नगरपालिकाको बूढानीलकण्ठ क्षेत्रमा भाद्र २० गते देखि “सेरिन फुड सेन्टर” हातेमालो अभियान संचालन गरेको पहिलो चरणमा पाँचौ दिन सम्म व्यवस्थित ढंगबाट फुड सेन्टर सम्पन्न गरेको छ । दोश्रो चरणको खाद्य वितरण हातेमालो अभियान केही दिनमा नै सुरु गर्ने जानकारी राम न्यौपानेले दिनुभएको छ ।

यस अभियानको पहिलो दिन बूढानीलकण्ठ चोकबाट सुरु भएको थियो यसबाट १५० परिवारले प्रत्यक्ष लाभ लिएका थिए । त्यस्तै गरी अभियानको दोश्रो दिन हिजो चपली चोक भित्र रहेको फुड सेन्टरबाट करिब १७० परिवारले लाभ लिएका थिए तेश्रो दिन भंगाल चोकबाट १८० परिवार, चौथो दिन गणेश चोकबाट २०० परिवार र निषेधाज्ञाको तथा फुड सेन्टर को पहिलो चरणको अन्तिम दिन महादेवखोलाबाट ११० परिवारले प्रत्यक्ष लाभ लिएका थिए यो हातेमालो अभियान अवधिभरमा आजको दिन सम्ममा ८०० भन्दा बढी परिवारले यसबाट लाभ लिएका थिए ।

सुरुको दिनमा सुरुवात गर्न १-२ जना स्थानिय सहयोगी दाताहरुबाट सहयोग लिएर अगाडि बढेको अभियानमा आजको दिन सम्म सानो-सानो भए पनि सहयोगी हातहरु पनि अभियान संगसंगै बढ्दै गईरहेको हुनाले अझै यस अभियानलाई अझै बृहत् बनाउन हौसला मिलेको र यो अभियानलाई दाताहरुको यस्तै साथ र सहयोग रहेसम्म पुर्ण रुपले जनजीवन सामान्य अवस्थामा नरहौँन्जेल सम्म संचालनमा ल्याउने योजना रहेको रुबिन थापाले बताउनुभयो।

कोरोनाको महामारीको कारण बढ्दो रोजगारी समस्या र त्यस्ले दैनिक गुजारा चलाउन समस्यामा परेका परिवारहरुको निमित्त २-३ दिनको लागि पुग्ने गरि नुन, तेल, चामल, दाल सहितको खाद्य प्याकेज वितरण “हुनेले दिएर जाऔँ , नहुनेले लिएर जाऔँ !” भन्ने मुख्य उद्देश्य लिएर नेपालको लागि शिक्षा र अनुसन्धान केन्द्र (Center for Educationa and Research in Nepal) ले स्थानिय क्लवहरु नव रुद्रेश्वर युवा क्लव र भंगाल क्लवको सहकार्यमा बूढानीलकण्ठ नगरपालिकाको बूढानीलकण्ठ क्षेत्रमा भाद्र २० गते देखि “सेरिन फुड सेन्टर” हातेमालो अभियान संचालन गरेको पहिलो चरणमा पाँचौ दिन सम्म व्यवस्थित ढंगबाट फुड सेन्टर सम्पन्न गरेको छ । दोश्रो चरणको खाद्य वितरण हातेमालो अभियान केही दिनमा नै सुरु गर्ने जानकारी राम न्यौपानेले दिनुभएको छ ।

यस अभियानको पहिलो दिन बूढानीलकण्ठ चोकबाट सुरु भएको थियो यसबाट १५० परिवारले प्रत्यक्ष लाभ लिएको थिए । त्यस्तै गरी अभियानको दोश्रो दिन हिजो चपली चोक भित्र रहेको फुड सेन्टरबाट करिब १७० परिवारले लाभ लिएको थिए तेश्रो दिन भंगाल चोकबाट १८० परिवार, चौथो दिन गणेश चोकबाट २०० परिवार र निषेधाज्ञाको तथा फुड सेन्टर को पहिलो चरणको अन्तिम दिन महादेवखोलाबाट ११० परिवारले प्रत्यक्ष लाभ लिएको थिए यो हातेमालो अभियान अवधिभरमा आजको दिन सम्ममा ८०० भन्दा बढी परिवारले यसबाट लाभ लिएका थिए ।

सुरुको दिनमा सुरुवात गर्न १-२ जना स्थानिय सहयोगी दाताहरुबाट सहयोग लिएर अगाडि बढेको अभियानमा आजको दिन सम्म सानो-सानो भए पनि सहयोगी हातहरु पनि अभियान संगसंगै बढ्दै गईरहेको हुनाले अझै यस अभियानलाई अझै बृहत् बनाउन हौसला मिलेको र यो अभियानलाई दाताहरुको यस्तै साथ र सहयोग रहेसम्म पुर्ण रुपले जनजीवन सामान्य अवस्थामा नरहौँन्जेल सम्म संचालनमा ल्याउने योजना रहेको रुबिन थापाले जानकारी दिनुभएको छ ।

[sidebar name="button post"]