निषेधाज्ञा मोडालिटीमा दुई प्रस्ताव

भाद्र २३ , काठमाण्डौ।  निषेधाज्ञाविरुद्ध जनस्तरमा आक्रोश पैदा हुदै गएकोले निषेधाज्ञा मोडालिटीमा दुई वटा प्रस्ताव आएका छन् ।

प्रथम प्रस्ताव अनुसार एक साता निषेधाज्ञा थप गरी रोजगारीका क्षेत्रलाई खुला गर्नु पर्ने छ भने दोस्रो प्रस्ताव अनुसार जोर–विजोर प्रणाली लागू गरी सवारी साधन पनि चल्न दिनु पर्ने प्रशासकहरुको विश्लेषण छ ।

तर जोर–विजोर प्रणाली यसै साता लागू गर्ने वा एक सातापछि भन्ने टुंगो लागिसकेको छैन । ४ भदौबाट जारी निषेधाज्ञाका कारण एक सातापछि संक्रमण दर पनि घट्न सक्ने कतिपय प्रशासकको विश्लेषण छ । त्यसैले तत्काल उद्योग, कलकारखाना र पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्न दिनुपर्ने बताइएको छ ।

संसदीय समितिमा भएको छलफलमा निषेधाज्ञालाई सजीकरण गर्ने तर दशैंसम्म लैजानुपर्ने सार्वजनिक धारणा लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले व्यक्त गर्नुभएको थियो । तर जोर–विजोर प्रणाली लागु गरि दशैंसम्म सोहि प्रणालीलाई निरन्तरता दिनु पर्ने अन्य प्रशासकहरुको धारणा छ ।

[sidebar name="button post"]