बरु अझै दुख गरौँ , छर छिमेकीसंग सहयोगको सापटी मागौँ : संगितकर्मी प्रेमकृष्ण बजगाई

कबिता चापागाई

निषेधाज्ञाले बजार, चोक गल्ली सुनसान छ । सबैतिर कोरोनाको असर देखिएको छ । लकडाउन र निषेधाज्ञाले सबैलाई मारमा पार्यो । अझै यस्तै कति समयसम्म यो स्थिती लम्बिने हो ठेगान छैन । अरु क्षेत्रसँगै यसले सांगितिक क्षेत्रमा पनि ठुलो प्रभाव पारेको छ । गित संगित पनि सुनसान भयो ।

यो समयमा संगितकर्मी के गर्दैछन् ? कागेश्वरी मनोहरा नगरपालिका भद्रवास ४ मा बस्ने संगितकर्मी प्रेमकृष्ण बजगाईको अनुभव :

शान्त विश्व अशान्त भैरहेको छ । कोरोना भाइरस फैलिदै फैलिदै गएको छ । पेशाकर्मी, संगितकर्मी, व्यवसायकर्मी धेरै हुनुहुन्छ । सबैलाई अप्ठारो पारेको छ । फरक फरक ढंगले असर पु¥याएको छ । म एउटा संगितकर्मी भएकोले मलाई पनि स्वभाविकै असर परेको छ ।

पहिला एकैछिन पनि फुर्सद नहुँने, समय निकाल्नै गाह्रो पर्ने म अहिले निक्कै फुर्सदिलो भएको छ । यो समयमा ४ वटा गित रेकडिङ गरी भिडियो बनाउनुपर्ने थियो अरु पनि केहि काम बाँकी नै थिए, यो महामारीले चौपट्रट भयो ।

सानोतिनो काममा बिते ६ महिना

लकडाउनपछिका ६ महिना सानोतिनो काममा बिते । अहिले घरभित्रै बसे पनि सानोतिनो काम भने भइरहेको छ । म १८ वर्षदेखि अल्पाईन एकेडेमीमा संगित सिकाउदै आईरहेको छु । हिन्दु विद्यापिठमा पनि कार्यरत छु ।

अहिले स्कुलका भाईबहिनीहरुलाई अनलाईनबाट नै संगितहरु सिकाउने काम भईरहेको छ । उहाँहरुले पनि विभिन्न प्रतिभाहरु अनलाईनबाटै मलाई सुनाउने, देखाउने गर्छन् । अहिलेको विषमपरिस्थितिमा म आफु पनि नयाँ नयाँ गितहरु रच्ने, लेख्ने र सामाजिक कामहरु गर्दै दिनहरु कटाईरहेको छु ।

अब केहि गर्नुपर्ला ?

सानै देखि संगितलाई नै मेरो सारथी मान्दै आएको हुनाले अबको योजनामा पनि संगितलाई नै अगाडि लैजानेछ । संगित क्षेत्रबाट नै परिचित छु । यसैलाई निरन्तरता दिन सोंच छ । कोरोना महामारी दिनप्रति दिन बढ्दैछ । यसलाई नियन्त्रणको लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञा आम नागरिकको लागि कठिन छ । तर सुरक्षाका लागि महत्वपुर्ण औजार पनि यहि नै हो भन्ने लाग्छ ।

अझै केहि दिन दुख सुख गरेर, छर छिमेकीसंग सहयोगको सापटी लिएर दिनदैनिकि गुजार्नुपर्छ । सरकारले गरेको निर्देशनलाई आम नागरिकले पालना गर्नु कर्तव्य हो । भोलिका दिन उज्याला छन् । आशा नमारौं , निराश नबनौँ । जय जय संगित ।

[sidebar name="button post"]