बीमा कम्पनीलाई निजि ल्याबकाे काेराेना रिपोर्ट किन अमान्य ?

भाद्र २० ,काठमाण्डौ। स्वास्थ्य मन्त्रालयले निजि प्रयोगशालाले दिएको काेराेनाकाे पीसीआर रिपोर्टलाई पुर्ण मान्यता दिइएकाले अरुले पनि यसैलाई आधिकारिक मान्नुपर्ने बताएको छ ।

निजि प्रयोगशालामा पीसीआर जाँच भएका रिपोर्टलाई मान्यता नदिने बीमा कम्पनी र बीमा समितीले निर्णय गरिसकेका छन् । तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने निजि प्रयोगशाला सरकारकै मापदण्ड अनुसार चलेका र उनिहरुको रिपोर्टकै आधारमा कोरोना संक्रमित पहिचान हुने र उपचार गर्ने क्रम चलिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेका रिपोर्टलाई निजि या व्यापारिक स्वार्थको लागि शंका गर्नु आपत्तीजनक कुरा भएको पनि बताउनुभयो ।

निजि प्रयोगशालाको पीसीआर रिपोर्ट सरकारलाई मान्य हुने तर बीमा कम्पनीलाई किन अमान्य हुने भन्दै उहाँले प्रश्न गर्नुभएको छ । कोरोना बीमाको नाममा बीमा कम्पनीले १२ लाख भन्दा धेरै व्यक्तिबाट झण्डै ७५ करोड रुपैयाँ उठाइसकेका छन् । उनिहरुले बीमा दावीको रकम दिन पनि आनाकानी गरेका छन् । एक हजार चार सय ६७ जनाले बीमा भुक्तानी माग गरेकोमा जम्मा दुई सय ३९ जनाले मात्रै भुक्तानी पाएका छन् ।

[sidebar name="button post"]