सत्य : नीति, निर्णय र नेतृत्व

सत्यमेव जयते नानृतं सत्येन पन्था विततो देवयानः।
येनाक्रमन्त्यृषयो ह्याप्तकामा यत्र तत् सत्यस्य परमं निधानम् ।।

माथिको संस्कृत शोलोक मुण्डकोपनिषद्को तेस्रो मुण्डकः भित्रको प्रथम खण्डको छैठौ छंन्दमा उल्लेख गरियको सत्य बारेको टिप्पणी हो । यसको सारभूत अर्थ भनेको केवल सत्यको विजय हुन्छ, असत्यले कदापि जित्न सक्दैन्, सत्य बाटै देवत्तो भाव जागृत हुन्छ र बिस्तृत बन्दछ साथै सबै आत्मा ज्ञानी र ऋषिगणहरु सत्यकै बोध बाट मोक्ष्य र अन्तिम धाम प्राप्त गरे र अरु प्राणिहरुको मूल बाटो पनि सत्य नै हो ।

म सत्य प्रणयताको पाठक हुँ र पक्कै पनि प्रकाण्ड जानकार भने होइन । आज मैले सत्य लाइ नै फरक धारबाट हेर्न केहि आफ्ना बाणीका हुण्डरिलाई सम्प्रेसण गर्दैछु ।

सत्यका चर्चा र परिचर्चा सुनेर साबिक मानव इतिहास र हालको आधुनिक मानव मान्यताबाद चलिरहेको छ । कसैकसैले सत्यलाई ब्याख्या गरेर तर बोध नगरेर र नगरायर मानव समाजहरु छलीरहेका छन् । सत्य अकुत धन हुनेहरुको मात्रै होइन, सरल जीवन जिउनेहरुको पनि हो । अथवा न्याय र समताको जागरण चेतनाको हो ।

सत्यको बर्णन राजनीति, अर्थनीति, ब्यापार, संस्कार, समाजसेवा वा सामाजिक आर्थिक दृश्यका धेरै आयामहरुमा गरेको पाइन्छ । सत्य लाई हामी सट्टामा होइन संसारका हरेक दिन र रातहरुको चक्रमा बुझ्नु जरुरी छ । सत्य लाई जब हामी सत्ता र परम सत्ता गरि दुई खण्डमा विभाजन गरेर बुझ्दा शाब्दिकता फरक तर एउटै लक्ष्य भेट्छौ त्यो हो बृहत न्याय र मानव र प्राणि जगतको सेवा ।

एकीकृत परम सत्ता भित्र अर्थात् मानिसहरुका निजि जीवन भित्र घट्ने सत्ता लाई बोध गरेर बुझ्न सकिन्छ । मानव प्राणीहरुको स्वयं भित्र एउटा सत्ता हुन्छ अर्थात मान्छे आफ्नो जीवनको लागि आफुनै स्वामी हो, मालिक हो । उक्त सत्ता लाई चलाई र बुझाई गर्ने र भोग गर्ने ब्यक्ति स्वयंनै हो । सत्ता टिकाउन मान्छेले मनको सहायता लिन्छ र आफु अनुकुलको जीवन पद्दति निर्माण गर्छ वा नीति बनाउछ ।

लोभ, कुण्ठा, दोष र अहंकार भन्दा पर सत्य लुकेको हुन्छ । परम सत्य लाई बोध गरेका अगुवा मान्छेहरुलाई आत्मा ज्ञानीको उपाधि बाँकि संसारका चेतनशील मान्छेहरुले दिएका हुन्छन् र पाइन्छन् ।

अब भौगोलिक नक्शा र सिमाना केन्द्रित सत्ताबारेको चर्चा,

मान्छेहरुले चर्चेका र कमाएका अनेकौ सम्पतिहरुको एकीकृत सुरक्षा एउटा सरकारले गर्छ र उ पनि ब्यक्ति जस्तै क्रिया गर्छ । उसका आफ्नै बेग्लै आयाम हुन्छन्, महिमा हुन्छन् र पद्दतिहरु बनेका भेटिन्छन् । विभिन्न तत्वबारे चर्चा गर्दा नीति, नेतृत्व र निर्णयबाट सत्ता चल्छ वा हाकिन्छ ।

नीति

नीतिहरु कुनै कार्यालय, अड्डा वा मुकामहरुका आनुपालन संस्कृति, पद्दति र शासन अभ्यास हेतुले बनाइने समय, काल अनुशारका दस्ताबेजहरु हुन् । नीतिहरुको प्रमुख नीति राजनीति हो, जुन राज्यका अङ्गहरु संचालन गर्न आवश्यक हुन्छ । नीतिहरु बन्दा उदेश्य, कार्य तालिका र रणनीतिहरु केन्द्रित हुन्छन् जुन छोटो र लामो कार्यभारको ओत लिएर बनेका पाइन्छन् ।

हरेक नीतिहरु न्याय र सर्वहितमा केन्द्रित हुनुपर्छ । नीतिमा आफु अनुकुल बुँदा, दफा थप्ने काम स्वार्थी नेतृत्वहरुले गरे त्यहाँ नीतिगत भ्रस्टचार हुन सक्दछ । स्वार्थ बाझिने खाले नीति बन्नु हुदैन ।

नेतृत्व

अनेकौ सङ्गठनहरु एउटा लक्ष्य निर्धारण गरेर चलेका हुन्छन् । देश पनि एक खाले बृहत सङ्गठन जस्तै हो । पुर्व निर्धारित लक्ष्य अनि उदेश्यहरु हासिल गर्न आफ्नो मातहतमा हुने सम्पूर्ण टिमको ज्ञान, शिप, योग्यता र क्षमतालाई आफ्नो सोचाइ र योजना अनुरुपको खाकामा डोर्याउन वा प्रभावित गर्न गराउन सक्ने क्षमतालाई नेतृत्व भनिन्छ । हरेक सकारात्मक नेतृत्व भित्र उस्तै सकारात्मक दियो बलिरहेको हुन्छ ।

उक्त नेतृत्व आकर्षक हुन्छ, बौद्धिक हुन्छ, निष्पक्षताले भरिएको हुन्छ र उसमा आत्मविश्वास हुन्छ । नेतृत्व भित्र जवाफदेहिता अपरिहार्य सर्त हो । न्यायको यात्रा र सत्य बोध गराउने खाले नेतृत्वमा भिजन र मिसन हुनुपर्छ जसले सारभूत खुशी छर्न सकोस् ।

नेपालको उदाहरणमा नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तन हुदा घाटामा रहेको संस्था नाफामा जान सक्यो र देश उज्ज्यालो बन्न सफल भयो । यसको अर्थ राइट मेन इन राइट पेलेस को अवधारणामा हरेक संगठनमा वा देशमा नेतृत्व चयन हुनुपर्छ ।

अब निर्णयबारे

सत्य बोध र मार्ग पहिचान गराउने भनेको निर्णय मार्फत हो । निर्णय कार्य सम्पादन र अनुमोदनका लागि अनिवार्य तत्व हो । निर्णयलाई औषधी मान्न सकिन्छ । यदि सहि समयमा सही उदेश्यले लिइन्छ भने कुनै कुरालाइ निचोड दिने कार्यलाइ निर्णय खुबीको तराजुमा राख्न सकिन्छ ।

आँटेको पुग्छ ढाँटेको पुग्दैन, त्यसकारण ढाँटछल गर्ने निर्णय कदापि मूल उदेश्य सित मेल खादैन । निर्णय आँटेरै गर्न सक्नु नेतृत्वको खुबी हो त्यो पनि दिगो बिकास, समानता, न्यायका लागि जुन कुरा गर्दा पारदर्शी जीवन शैली भित्र रहेर गर्नु उचित हुन्छ ।

निर्णय प्रकृयाभित्र समस्याहरुको पहिचान, बिकल्पहरुको अनुशन्धान र बिकासमा जोड दिन आवश्यक हुन्छ । मुल्याङ्कन बिधिमा जोड दिनु राम्रो हो र हरेक निर्णय प्रक्रिया भित्र उत्कृष्ठ निर्णयहरु छलेर होइन छानेर निर्णय कार्यान्वयन गर्दै पृष्ठपोषणको ठाउँ राख्नुपर्छ, बल्ल समता र सहभागितामुलक समाज र सत्ता बन्ने निश्चित हुन्छ । मर्ने बेला हरियो काक्रो सरि अन्तिम अवस्थामा निर्णय लिनु भन्दा उत्प्रेरणाको ओजभएका निर्णयहरु आजको जगतमा हितकर बन्नेछन् ।

माथि उल्लेख गरेका नीति, न्याय, नेतृत्व एबम निर्णय हरेक भौगोलिक सत्ता र नक्सा भित्र न्याय र समानता स्थापना गर्न अरु जनताको मत लिएर छनोट भएका पाइन्छन् । हरेक तत्वले सत्यलाइ छुने गरि आफ्नो भूमिका रचेको हुनुपर्ने हो, जुन सत्यले जागत र मानव कल्याणको उदेश्य राखेको हुनुपर्छ । न्याय स्थापना भएको सत्तामा शान्ति आफै आउँछ ।

बुद्धले भने जस्तै, सुर्य चन्द्र र सत्य धेरै समय लुक्न सक्दैनन्

असत्यका कसिङ्गरले रचना गरेका भर्मलाइ दुवै खाले सत्ता चाहे मानवीय निजि वा मन केन्द्रित सत्ता होस् वा भौगोलिक घेरा भित्रको डेराबाट निर्मित सत्ता होस्् सबैलाई टुटाउन पर्छ । हामी भित्रका नीति, निर्णय वा नेतृत्व वा नक्सा र सङ्गठानिक घेरा भित्र रहने सत्ताको नीति, निर्यण वा नेतृत्व होस् यी चार ब्रह्मविहार भावना जुन बुद्धले सिकाउनु भो, ति अनुशार चले हाम्रो सत्यको खोज सहज हुदै जान्छ ।

१, मैत्री भाव, २, करुणा भाव ३, मुदिता भाव ४, उपेक्खा भाव

सारमा सत्यको पर्दा उघार्दा वा सत्यको खोजमा जाँदा आफु भित्र पनि र आफुले नेतृत्व लिएका हरेक संस्थाहरु र सत्ताहरुका पार्टमा मित्रता, करुणा, खुसि, नजर अंदाज र त्याग र समर्पणको मर्म अनुरुप चल्नु पर्छ र सत्यले हामीलाई बाटो देखाउछ । सत्य भित्र पर्ने जुनसुकै नीति निर्णय र नेतृत्व अदली बदलि होलान् तर मूल सत्य निराकार छ र साकार छ, सत्य सान्त छ । आगे सत्य ।

चिरन्जीवी न्यौपाने

[sidebar name="button post"]