काठमाण्डौ उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र १९, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसअघि हिजो उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

[sidebar name="button post"]