मोटरसाइकल दुर्घटनामा एकको निधन

१९ भदौ, काठमाडौं। आज रुपन्देहीको गैडहवामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

गैडहगवा गाउँपालिका वडा नं ५ तेलण्डियास्थित लुम्बिनी –कलौनी सडकखण्डमा लु १४ प ७९४४ नंको मोटरसाइकल आज आफैँ अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा मोटरसाइकल चालक रूपन्देही जिल्ला, शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय समुजराम केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएको उनको उपचारको क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा हात र खुट्टामा सामान्य चोट लागेका मोटरसाइकलमा सवार ३५ वर्षीय गुडिया केवटको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

[sidebar name="button post"]