१९ भदौ, काठमाडौं। निरन्तरको प्रकोपले सिन्धुपाल्चोक जिल्ला समस्यामा परेको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललेका अनुसार अहिलेसम्म बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन् ।
“धेरै मानिस विस्थापित छन्”, उहाँले भन्नुभयो, “जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहत तथा उद्धारको काम गरिरहेको अवस्था छ । सुरक्षाकर्मी परिचालन भएका छन् । स्थानीय पालिकालगायत विभिन्न निकायसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले कामहरु अगाडि बढाइरहेको अवस्था छ ।” केन्द्रीयस्तरमा पनि सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बैठकहरु बसेर धरै निर्णय भएको र कामहरु अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
[sidebar name="button post"]









