भाद्र १८, काठमाण्डौ। धरहराको पुनर्निर्माणमा खटिएका एक जना कामदार भवन भत्काउँदै गर्दा च्यापिएर घाइते भएका छन् ।
सप्तरी घर भएका डोजर चालक २४ वर्षका विष्णु शाह घाइते भएका र उनको अहिले टिचिङ्गमा उपचार भैरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनुभएका राजुमान मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार दिउँसो सञ्चय कोषको दक्षिणतर्फको भवन भत्काउँदै गर्दा थिचिएर शाह घाइते भएका हुन् । उनको कम्मरमूनीको भागमा चोट लागेको छ । धरहरा पुनर्निर्माण अहिले झण्डै २ सय ६० जना कामदार खटिएका छन् ।
[sidebar name="button post"]









