ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ तान्न थालिएको छ ।
बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका हुन् ।
तर प्रहरीले अवरोध गरेको छ । यस विषयमा न त गुठी संस्थानले कुनै निर्णय गरेको छ न त सरोकारवाला निकायलाई नै यसबारे जानकारी छ ।
गत असार १० गतेदेखि निर्माण सुरु भएको रथमा मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको छ । तर कोरोना संक्रमणको जोखिमका कारण अहिलेसम्म रथयात्रा हुन सकेको छैन ।
महानगरीय प्रहरी वृत्त जावलाखेलले यो कुनै पूर्वतयारी अनुसार भएको कार्यक्रम नरहेको जनाएको छ ।
[sidebar name="button post"]











