बागलुङमा बाढीमा परेर १० जना वेपत्ता, एकजनाको शव भेटियो

बागलुङको ढोरपाटन नगरपालिकामा बाढीले एक जनाको ज्यान गएको छ, १० जना वेपत्ता भएका छन् ।

ढोरपाटनको भुदीखोलामा गएराती आएको बाढीले खोला किनारका कयौं घर बगाउँदा आठ जना पुरुष र दुई जना महिला सहित १० जना वेपत्ता भएको गाउँलेले जानकारी गराएका बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो। एकजनाको शव भेटिएको छ ।बाढीले भुदीखोला जलविद्युत र एउटा गाडी पनि बगाएको छ ।

अहिले खोजी र उद्दारको लागि प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ । ढोरपाटनको वडा नम्बर ६, ७, ८ र ९ मा गएराती मुसलधारे पानी परेको थियो ।

[sidebar name="button post"]