अनिता धिताल
भदौ १४ काठमाडाैँ- कोभिड १९ अर्थात कोरोना भाइरस महामारीका कारण अहिले निषेधाज्ञा छ । सरकारले यसअघि लकडाउन गरेको थियो । लकडाउन र त्यसपछिको निषेधाज्ञाको प्रभावका कारण ६ महिनासम्म पनि नागरिक घरभित्रै बस्नुपर्नेको छ । तर कोरोना संक्रमण नियन्त्रण हुन सकेको छैन ।
व्यापार, व्यवसाय, आवात जावत, भेटघाट, धर्मकर्म लगाएतका क्रियाकलाप ठप्प छन् । अरु बेला काममा जानेहरु पनि कोरोनापछि घरै बसेका छन् । नियमित काममा फर्कन नसक्दा कतिपयलाई मानसिक तनाव थपिएको छ । विभिन्न संघसंस्था र कम्पनीमा काम गर्दै आएका कर्मचारीहरुको अहिलेको अनुभवलाई हामीले समेटेका छौ ।
सबिता आचार्य, कपन काठमाडौँ
आरबी ग्रुप कम्पनीमा कार्यरत छु । मैले काम गर्ने कम्पनी अत्यावश्यक सेवा भित्र पर्दैन । त्यसैले कोरोना संक्रमणपछिको लकडाउन र निषेधाज्ञाका कारण बन्द छ । लकडाउन सुरुभए देखि नै म घरमा बन्दी जस्तै भएको छु ।
कोरोना महामारीसँग जुध्न यो लकडाउन र निषेधाज्ञा महत्वपूर्ण औजार मानिएको छ । सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड, नियम तथा निर्देशन पालना गर्नु आम नागरिकको कर्तव्य हुन आउँछ ।
मुख्य कुरा हालसम्म यस कोरोना भाइरसविरुद्धको खोप भ्याक्सीन तथा औषधी नबनेको र कहिले बनिसक्छ भन्ने पनि निश्चित नभएकोले भाइरस सक्रिय रहीरहने देखिन्छ । निषेधाज्ञा तत्कालका लागी उपयोगी भएपनि आफैले आनी बानी र व्यवहार परिर्वतन गरी कोरोना भाइरसँगै जुध्नुपर्ने देखिन्छ ।

श्रद्धा भट्रटराई, मकलबारी काठमाडौँ
म हिमालयन बैंक न्युरोड शाखामा कार्यरत छु । अहिले निषेधाज्ञा छ । सबभन्दा राम्रो त घरभित्रै बस्नु हो । कोभिड १९ का कारण कतिन्जेल घर बस्नुपर्ने र यसको औषधी कहिले पत्ता लाग्छ भन्ने निश्चय नभएकोले गर्दा हामीले आफ्नो जिविकोपार्जन गर्न आवश्यक भएको हुनाले आफु सर्तक रहि काममा जानु नै ठिक हुन्छ जस्तो लाग्छ ।
अब नागरीकहरु अनुशासित भई आफनो पहिलाको जस्तै दिनचर्यामा चलाउनु आवश्यक छ । लकडाउन र निषेधाज्ञाले विश्वमा कयौं व्यापार व्यवसाय बन्द भएका छन् । कतिपय मानिसको रोजगार गुमेको छ ।त्यसलाई फर्काउन पनि सरकारले निषेधाज्ञा अन्त्य गर्नुपर्छ । तर आम नागरीकले माक्स लगाउने, भौतिक दुरी कायम गर्ने जस्ता नियमको इमान्दारीपुर्वक पालना गर्नुपर्ने हुन्छ ।

गिता चालिसे, मकलबारी काठमाडौँ
म वुमन एक्ट गैरसरकारी संस्थामा आबद्ध छु । अहिले घरमा बस्दा आफू पनि सुरक्षित र परिवारका सदस्यलाई पनि समय दिन सकेकी छु । तर ६ महिना देखि घरमै बसिरहदा मानसिक चिन्ता समेत बढेको छ । घर व्यवहार चलाउन पनि धौँ धौँ पर्ने अवस्था देखिएको छ ।
आफ्रनो आर्थिक मन्दी, सरकारलाई पनि समस्या र विश्वमै आर्थिक समस्या देखिन सक्ने आँकलन गरिएको छ । सरकारले निषेधाज्ञा गरेको छ तैपनि संक्रमण बढिरहेको छ । सबैको चेकजाँच गर्न सकेको छैन । मजदुरी काम गरेर खानेहरुलाई झनै कठिन परेको छ । सधै घर भित्र बसेर मात्र हुदैन ।
अब नागरीकहरु अनुशासित भई आफनो पहिलाको जस्तै दिनचर्यामा चलाउनु आवश्यक छ । घरमा थुनिएर बस्नु भन्दा आफै सुरक्षित भएर अफिस जानु नै ठिक हुन्छ ।

मुना बस्नेत, कपन काठमाडौ
सुनसरी ओभरसिजमा आबद्ध छु । कोरोना महामारीले हाम्रो देशमा मात्र नभएर विश्वभरी नै ठुलो असर पुर्याएको छ । जसले गर्दा शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय र आर्थिक क्षेत्रमा निकै प्रभाव पारेको छ । दिनप्रति दिन महामारीको कारण संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । यस कारणले सरकारले लकडाउन गर्न बाध्य भएर अनिश्चित कालको लागि बन्द घोषणा गरेको थियो ।
जुन तिन महिनासम्म लम्बिन पुग्यो केहि समय पछि बढ्दो संक्रमणको कारण निषेधाज्ञा गरियो । मेरो जिवन कालमा यो लकडाउनले निकै प्रभाव पारेको छ । जुन लकडाउन सरकारले हाम्रो सुरक्षाको लागि गरेको थियो तर केहि समयको लागि भएको भए त ठिकै हुन्थ्यो, आर्थिक अभावले गर्दा घरधन्दा चलाउन पनि निकै कठिन भइरहेको छ ।

यमुना सापकोटा, चाबहिल काठमाडौँ
म ग्लोबल कन्सल्टेन्सीमा कार्यरत छु । नयाँ भाइरस फैलिएको छ । यसले सबैको मनमा डर, त्रास र चिन्ता पारेको छ, मलाई पनि पिरोलिरहेको छ । मानिसहरुलाई बिहान खाए बेलुकाको पिर, बेलुका खाए बिहानको पिरले मानसिक तनाव समेत उत्पन्न भएको छ ।
एक हिसाबले हेर्ने हो भने त सरकारले गरेको निषेधाज्ञा पनि ठिकै हो, तर व्यवस्थित रुपमा नभएको कारण संक्रमण थपिदो अवस्थामा छ । यसलाई व्यवस्थित गर्न सबै तिर कडाईका साथ निषेधाज्ञा गर्नुपर्ने देखिन्छ ।













