भाद्र १०, काठमाडाैँ। काठमाडाैँ उपत्यकाका तीन वटा जिल्लामा एकै दिन तीन सय एक जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा काठमाण्डौंमा दुई सय ३० जना, ललितपुरमा ४७ र भक्तपुरमा ४५ जनामा कोरोना पुष्टी भएको छ ।
देशभरीमा पछिल्लो २४ घन्टामा ३ सय ८५ जना निको भएर घर फर्किएका छन् ।












