Ad #144479

८ भदौ, काठमाडौं। देशव्यापि रुपमा कोरोना भाइरसको जोखिम वढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र गौरापर्व पनि सुरु भएकाले भिडभाड हुन नदिन स्थानीय प्रशासनले सोमबार राति १२ बजेदेखि आउँदो १४ गते राति १२ बजेसम्म लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने गाडीबाहेक अन्य गाडी प्रवेशमा रोक लगाइने भएको छ ।