कास्कीको माछापुच्छ«े गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।
वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीका अनुसार आज बिहान गर्भवती २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारेएको हो । कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ ।
खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी एक ७०० मिटर तल नदी किनारमा फेला पारेका थिए । घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा–२४ कास्कीकोट माइती भएकी उनकी साढे दुई वर्षकी छोरी छन् ।
[sidebar name="button post"]









