ऋषिपञ्चमी (फोटो फिचर)

कृष्ण वाग्ले

भाद्र ७, काठमाडौँ । भाद्र शुक्ल पञ्‍चमीका दिनमा मनाइने ऋषिपञ्‍चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।

हरितालिका पर्व भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । भाद्र शुक्ल द्धितियाका दिन दर खाने दिन, तृतीयामा तीज, चतुर्थीमा गणेश पूजा र पञ्चमीमा ऋषिपञ्चमी मनाउने गरिन्छ । आज ऋषिपञ्चमी व्रत गरिन्छ । ऋषि पञ्चमीको धार्मिक एवं साँस्कृतिक दुवै महिमा रहिआएको पाइन्छ ।

[sidebar name="button post"]