राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने

५ भदौ, काठमाडौं। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गर्न लागेको हो ।

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी गरिरहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । “अवस्था हेरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षण गर्ने योजना छ”, उहाँले भन्नुभयो, “हाललाई पुरुष खेलाडीको कोरोना बीमा गर्छौँ ।”

क्यानले खेलाडी, खेल मैदानका कर्मचारी, कार्यालयका कर्मचारी, फिजियोलगायतको कोरोना बीमाको प्रक्रिया अगाडि बढाएको छ । कोरोनाका कारण क्रिकेट खेलाडी लामो समयदेखि प्रशिक्षणबाट वञ्चित छन् । यही भदौ १ गतेदेखि थाल्ने भनिएको प्रशिक्षण सरकारको निर्देशनपछि हाललाई स्थगित गरिएको थियो।

[sidebar name="button post"]