Ad #144479

९ किलोग्राम ३५० ग्राम चरेशसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट बिहिबार राति पक्राउ गरेको हो ।

बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित थिङलाई पक्राउ गरिएको वृत्तले जनाएको छ । पक्राउ थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन् । पक्राउ थिङमाथि लागूऔषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ ।